रमदानका अवसरमा एक हजार ७०० कैँदी जेलमुक्त

डिसी नेपाल
७ वैशाख २०७८ २०:२९
328
Shares

कायरो । मुसलमानहरूको पवित्र पर्व रमदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ ।

पवित्र महिना रमदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैँद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैँदीलाई कैँद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ ।

इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैँद भूक्तानी गरिसकेका कैँदीहरूलाई बाँकी कैँद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमदान र स्वतन्त्रता दिवस (जुलाई २३)का अवसरमा कैँदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन बर्षोँ देखि चल्दै आएको छ ।

इजिप्टको संविधानअनुसार शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैँदीको बाहेक अन्य मुद्दामा जेल परेका कैँदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.