कोरोनाको दोस्रो लहर तुफान जस्तै आयो : मोदी

डिसी नेपाल
७ वैशाख २०७८ २२:२३
304
Shares

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको दोस्रो लहर तुफान जस्तै आएको बताएका छन्। मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोनाको दोस्रो लहर तुफान जस्तै आएको र देशलाई लकडाउनबाट बचाउनुपर्ने बताएका छन्।

उनले लकडाउन अन्तिम विकल्प भएको भन्दै जनस्तरबाट सहयोगका लागि आग्रह गरेका छन्। उनले कोरोनाविरुद्धको मापदण्ड कार्यान्वयनमा जनस्तरबाट सहयोगको अपील गर्दै जनताले सहयोग गरे लकडाउन गर्नुनपर्ने बताएका छन्। उनले राज्य सरकारहरुलाई पनि लकडाउनलाई अन्तिम विकल्पका रुपमामात्र लिन भनेका छन्।

साथै भारतीय अस्पतालहरुमा अक्सिजनको अभाव रहेको विषयमा बोल्दै उनले अक्सिजनको माग बढेको बताएका छन्। मंगलबारमात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्लीका केही अस्पतालमा केही घण्टाका लागिमात्र अक्सिजन रहेको बताएका थिए।

भारतका विभिन्न राज्यहरुमा अक्सिजनको अभाव देखिएको छ। भारतमा हाल कोरोना संक्रमणका नयाँ केस दैनिक दुईलाखभन्दा धेरै आउन थालेका छन्। मृत्यु दर पनि उच्च छ। अस्पतालमाहरुमा बेड भरिएका छन् भने श्मशान घाटमा शव जलाउन पालो कुर्नुपर्ने र अग्रिम चिहान खन्नुपर्ने जस्ता पीडादायी अवस्था आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.