सलमानको ‘राधे’ कोरोनाका बीच ईदमै रिलिज हुने, भोलि ट्रेलर रिलिज हुँदै

डिसी नेपाल
८ वैशाख २०७८ १६:१६
308
Shares

काठमाडौं। कोरोना महामारीका बीच सलमान खानको फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ ईदमै रिलिज हुने भएको छ । सलमान खान फिल्मस र जी स्टुडियोजले फिल्म १३ मेमा रिलिज गर्ने भएका छन् । प्रभु देवाद्वारा निर्देशित यो फिल्मको लागि निर्माण पक्षले विश्वव्यापी योजना बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा फिल्म मल्टिफर्म्याट रिलिज हुनेछ ।

सलमान खानले फिल्मको ट्रेलर भोलि अप्रिल २२ मा रिलिज हुने भएको छ । १३ अप्रिलमा फिल्म विश्वभरका सिनेमाघरमा सरकारद्वारा निर्देशित कोरोना प्रोटोकल पालना गर्दै रिलिज हुनेछ । जी फाइभको पे पर भ्यु प्लेटफर्म जीप्लेक्समा पनि यो फिल्म रिलिज हुनेछ । फिल्ममा सलमानको साथमा रणदीप हुडा, दिशा पाटनी, ज्याकी श्राफ प्रमुख भूमिकामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.