भारतको महाराष्ट्रमा लकडाउन

डिसी नेपाल
८ वैशाख २०७८ २२:५९
228
Shares

काठमाडौं। भारतको महाराष्ट्र राज्यमा लकडाउन लगाइएको छ। बिहीबार ८ बजेबाट लागु हुनेगरी बुधबार बेलुका लकडाउनको निर्णय गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मे ज्ञ तारिखसम्मका लागि महाराष्ट्रको उद्धव ठाकरे सरकारले लकडाउन घोषणा गरेको हो।

कोरोनाको दोस्रो लहरमा महाराष्ट्र भारतको सबैभन्दा धेरै प्रभावित राज्य हो। बुधबार महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिज ग्यास लिक हुँदा २२ जनाको मृत्युको घटनासमेत भएको छ। महाराष्ट्रमा मेडिकल उपयोगका लागि कक्सिजन ग्यासको निकै कमी भएको छ।

भारतमा कोरोनाका विरामी बढेसँगै मेडिलक उपयोगका लागि अक्सिजनको कमी भएको भन्दै उद्योगहरुमा आपूर्ति हुँदै आएको अक्सिजनलाई मेडिकल प्रयोजनमा लगाउन निर्देशन दिइएको छ। भारतमा हाल दैनिक करिब ३ लाख नयाँ संक्रमित केस आउन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.