६ वर्षपछि पुरानो स्वरुपमा फर्कियाे नेपालकै पुरानो स्यम्भू महाविहार
काठमाडौं। भूकम्प गएको ६ वर्ष पछि नेपालको सबैभन्दा पुरानोमध्येको स्यम्भूनाथको कर्मराज महाविहार पुरानै स्वरुपमा फर्किएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्यम्भू पर्ननिर्माण समितिका अध्यक्ष इश्वरमान डंगोलले स्यम्भूनाथको पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको बताए।
विसं २०७२ सालको विनाशकारी भूकम्पबाट करिव ९० प्रतिशत भन्दा धेरै क्षतिग्रस्त बनेको स्वयम्भूनाथको पुर्ननिमार्ण २०७५ साल पुष ३० गते सुरु भएको थियो। काम सुरु भएको करिव २ वर्षपछि विश्वसम्पदा सूचिमा सुचिकृत स्वयम्भूनाथ पुरानै स्वरुपमा फर्किएको हो।
स्यम्भूको कर्मराज महाविहारसँगै महाचैत्य परिसरमा रहेका स्यम्भूका पुजारीका रुपमा शताब्दियौंदेखि बसोबास गर्दै आएका बुद्धाचार्य परिवारका १७ वटा घरहरु पनि पुर्ननिमार्णको अन्तिम चरणमा छन्। यी घरहरुलाई पुरातत्व विभागको मापदण्डअनुसार नेपालमै पहिलो पटक ‘पुलिङ प्रणली’ मार्फत निमार्ण गरिएको हो।
करिब १५ अर्ब १३ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण भएको महाविहार र बुद्धाचार्यका १७ वटा घर आउँदो बैशाख १३ गते सम्बन्धित संस्था एवं घरधनीलाई हस्तान्तरण गरिने छ।
नेपालमा पाइएका विभिन्न चैत्यहरुमध्ये स्वयम्भूनाथ निकै पुरानो, आर्कषक र महत्वपूर्ण छ। काठमाडौंको उत्तर पश्चिम दिशामा करिव ४ सय मिटर अग्लो डाँडामाथि याे गुम्बा छ। यस्तै स्वयम्भूनाथ काठमाडौं उपत्यकाको दृष्यावलोकनको लागि पनि प्रख्यात छ।







डिसी नेपाल








Facebook Comment