चीनले अमेरिकालाई भन्योः लोकतन्त्र कोकाकोला होइन…

डिसी नेपाल
११ वैशाख २०७८ १६:५५
128
Shares

बेइजिङ (एजेन्सी)। चीनले अमेरिकालाई लोकतन्त्र कोकाकोला नभएको बताएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कुटनीतिज्ञहरुको एक सम्मेलनलाई सम्बोधन गर्दै लोकतन्त्र कोलकोला जस्तो हरेक देशमा एउटै स्वादको नहुने बताएका छन्। उनले चीनमा आफ्नै मौलिक लोकतन्त्र रहेको दावी गर्दै चीनलाई हेर्ने अमेरिकी नजर पूर्वागा्रही भएका बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चिनियाँ विदेशमन्त्री यीले अमेरिकाले चीन नीति सही ढंगले बनाउन नसकेको र अल्मलिएको बताएका छन्। उनले चीनप्रतिको उसको धारणामा परिवर्तन आउनुपर्ने भन्दै उनले चीनले गरेको विकासलाई अमेरिकाले स्वीकार गर्न सक्नुपर्ने बताएका छन्। उनले विश्व अहिले बहुधु्रवीय भएको अमेरिकाले स्वीकार गर्नुपर्ने उल्लेख गर्दै कोही शक्तिशाली हुनुको अर्थ उसको विश्वमै वर्चस्व हुन्छ भन्ने नभएको बताएका छन्।

उनले कुनै पनि शक्तिशालीले विश्वलाई आफ्नो वर्चस्वमा राख्न खोजे उ एक दिन पतन हुनेसमेत बताएका छन्। उनले ताइवानप्रति अमेरिकी दृष्टिकोण पनि आलोचना गर्दै ताइवानलाई लिएर गरिने टिप्पणी आगोसँग खेलेको जस्तो हुने चेतावनीसमेत दिएका छन्।

उनले अमेरिकाले एक चीन नीतिलाई स्वीकार गर्दै त्यसको सम्मान गर्नुपर्ने बताएका छन्। हङकङ मामिलामा बोल्दै विदेशमन्त्री यीले चीनले एक मुलुक दुई नीतिको अख्तियार गरेको भन्दै त्यसको सम्मान हुनुपर्ने बताएका छन्। उनले अमेरिका र चीन मिलेरै अगाडि बढ्दा सबैको हित हुनेसमेत उल्लेख गरेका छन्। उनले चीनले कहिल्यै पनि अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुले गरे नसहने चेतावनीसमेत दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.