भेरीमा थप एक सङ्क्रमितको मृत्यु

डिसी नेपाल
११ वैशाख २०७८ १८:०७
36
Shares

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उनीमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो। वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । यससँगै कोभिड सङ्क्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने कूल सङ्ख्या ७७ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.