नरभक्षी वेटरले आमालाई १ हजार टुक्रा पारेर काटे अनि कुकुरसँग मिलेर खाए
काठमाडौं। स्पेनमा एक नरभक्षी मानव राक्षस बनेका छन् । यी व्यक्तिले पहिले आफ्नी आमाको हत्या गरे । त्यसपछि उनले आमाको शरीरलाई हजार टुक्रामा काटे । काटिएको टुक्रालाई लञ्च बक्समा हालेर आफूले पनि खाए र आफ्नो कुकुरलाई पनि खुवाए ।
२८ वर्षका अल्बर्टो सान्चेज गोमेज एक बेरोजगार वेटर हुन् जो मड्रिडमा बस्छन् । सान्चेजको घरमा पुलिस पुग्दा उनकी ६८ वर्षकी आमा मारिया गोमेजको शरीरको केही भाग फ्रिज र प्लास्टिकको झोलामा भेटिएका थिए । रिपोर्टका अनुसार दोषी ठहर भएमा सान्चेजर्ला १५ वर्षको जेल सजाय हुन सक्छ ।
द सनका अनुसार मारिया गोमेजकी एक साथीले उनी हराइरहेको भन्दै चिन्ता व्यक्ति गर्दै पुलिसलाई यसको जानकारी दिएपछि पुलिसले यो अपराधबारे जानकारी पाएको हो । सूचना पाएपछि पुलिस छानबिनका लागि मारिया गोमेजको घरमा गएको थियो जहाँ सान्चेजले निकै सहज तरिकाले आफ्नो अपराध स्वीकार गरेका थिए । पुलिस घरमा आउँदा सान्चेजले नै ढोका खोलेका थिए ।
पुलिसले सान्चेजसँग उनकी आमाबारे सोध्दा उनले आमा पहिले त्यहीँ भएको तर अहिले मरिसकेको र आफू तथा आफ्नो कुकुरले उनलाई पूरै खाएको भनेका थिए । सान्चेजको यो बयानले पुलिसकर्मी पनि तर्सिएका थिए । पुलिसका अनुसार सान्चेजको आमासँग बहस भएपछि उनले आमालाई मारेका थिए । सान्चेजलाई गिरफ्तार गरिएको छ ।
ट्रायलमा सान्चेजले टिभी हेर्दै गर्दा आफूले आमालाई मार्नुपर्छ भन्ने आवाज सुन्ने गरेको बताएका छन् । मड्रिड प्रादेशिक अदालतमा सान्चेजले यस्ता आवाज कहिले छिमेकीबाट, कहिले सेलिब्रेटीबाट र कहिले टिभीबाट आउने गरेको बताएका छन् ।
अदालतले उनले आफूले आमालाई कहिले मारेर खाए भन्ने आफूलाईै याद नभएको बताएका छ् । यी व्यक्तिको यस्तो विचित्र बयानपछि उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको छ । मनोवैज्ञानिक परीक्षणबाट उनलाई कुनै मानसिक रोग भए नभएको पत्ता लगाइनेछ ।







डिसी नेपाल








Facebook Comment