जन्मिनेबित्तिकै छुट्टिएका दिदीबहिनीको ३६ औं जन्मदिनमा भेट !

डिसी नेपाल
१३ वैशाख २०७८ १२:३१
1.3k
Shares

काठमाडौं। फिल्ममा जुम्ल्याहा दिदीबहिनी वा दाजुभाइ छुट्टिएको वर्षौंपछि एक अर्कासँग भेटेका कथाहरु हामीले देखेका छौं । अहिले यस्तै घटना वास्तविकतामै भएको छ । जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहा दिदबिहिनी आफ्नो ३६ औं जन्मदिनको दिन एक अर्कासँग भेट भएका छन् । गुड मर्निङ अमेरिकाको रिपोर्टअनुसार दक्षिण कोरियाका यी दिदीबहिनीहरु आफैंलाई पनि आफ्नो जुम्ल्याहा दिदी वा बहिनी रहेको थाहा थिएन ।

मौली सिनर्ट र एमिली बुसनेल नामका यी दिदीबहिनीहरुलाई अमेरिकाका अलग अलग परिवारले अभिभावकत्व लिएका थिए । यी दिदीबहिनहिरु जन्मिनेबित्तिकै एक अर्कासँग छुट्टिएका थिए र उनीहरुलाई आफूहरु जुम्ल्याहा भएको थाहा थिएन । उनीहरुलाई आफूहरुको पारिवारिक पृष्ठभूमिबारे पनि थाहा थिएन । उनहिरुको यो भेट उनीहरुको जन्मपछिकै पहिलो हो ।

यी दुईले केही समय अघिमात्र एक अर्काको बारेमा थाहा पाएका थिए । यो जानकारी उनीहरुलाई एक साथीले दिएका थिए जुन साथी यी दुवैका साझा साथी थिए । ती साथीबाट आफूजस्तै अर्की एक महिला रहेको थाहा पाएपछि उनीहरुले एक आपसमा भेटेका थिए । उनीहरुको यो भेट भाइरल भएको छ । भेटेपछि उनीहरुले साथमा ३६ औं जन्मदिन मनाएका छन् । उनीहरुको भेटको क्रममा एमिलीकी ११ वर्षकी छोरी पनि साथमा थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.