काम छोडेपछि पनि बैंक खातामा आउँथ्यो तलब, १५ वर्षमा पौने ८ करोड रुपैयाँ झ्वाम

डिसी नेपाल
१३ वैशाख २०७८ १३:१६
17.6k
Shares

काठमाडौं। जागिर गर्नेहरु महिना बितेपछि तलब आउने प्रतिक्षा गर्छन् । यसका लागि उनीहरु कडा मेहनत गर्छन् । तर, एक व्यक्तिले १५ वर्षदेखि काम गरेका थिएनन् तर उनको बैंक खातामा तलब भने आइरहन्थ्यो । इटलीको समाचार एजेन्सी अन्सालाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार यी व्यक्ति इटलीको मेडिकल विभागमा काम गर्थे । उनले कुनै सूचना नदिइ १५ वर्षअगाडि काम गर्न छाडेका थिए ।

उनी काममा जान छाडे पछि १५ वर्षसम्म उनको बैंक खातामा तलब भने गइरहेको थियो । यो अवधिमा प्रत्येक महिना उनको खातामा पैसा जम्मा हुन्थ्यो । यो कुराको खुलासा भएपछि उनीमाथि धोकाधडीको आरोप लगाइएको छ । उनको खातामा तलब गइरहेको कुराको खुलासा पनि निकै रोचक तरिकाले भएको थियो । उनको खातामा सघैं त्यही दिन पैसा जम्मा हुन्थ्यो जुन दिन अन्य कर्मचारीको खातामा पैसा जम्मा हुन्थ्यो । विगत १५ वर्षदेखि यो क्रम जारी थियो ।

रिपोर्टका अनुसार २००५ मा यी व्यक्तिको आफ्ना म्यानेजरसँग झगडा भएको थियो । उनले म्यानेजरलाई धम्की पनि दिएका थिए तर त्यसको केही समयपछि नै म्यानेजरले अवकाश पाइन् । आरोपी त्यसपछि कार्यालयमा अनुपस्थित हुन थाले र यस्तो गर्दागर्दै १५ वर्ष बित्यो । हालै पुलिसले अर्को एउटा धोकाधडीको केसमा अनुसन्धान गर्ने क्रममा अनुपस्थित रहनेहरुको जाँच गरिरहेको थियो । अर्कै जाँचको क्रममा उनी पनि अनुपस्थित रहेको पुलिसले थाहा पाएपछि यसको खुलासा भएको हो ।

पुलिसले विभागसँग यस विषयमा सोधपुछ गर्न थालेपछि धेरै खुलासा भए । जाँचमा मानव संसाधन विभाग र नयाँ म्यानेजरलाई यसबारे थाहा नै नभएको खुलासा भयो । यतिमात्र होइन अन्य कर्मचारीहरुले पनि आरोपी किन कार्यालय आइरहेका छैनन् भनेर जान्ने कोसिस गरेनन् । जाँचमा यसमा विभागका अन्य ठूला अधिकारी पनि संलग्न हुन सक्ने आशंका बढेकोले पुलिसले यसतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

रिपोर्टमा यी व्यक्तिको पहिचान खुलाइएको छैन । यी व्यक्तिलाई १५ वर्षमा ५ लाख ३८ हजार युरो (७ करोड ७७ लाख रुपैयाँ) तलब दिइएको छ । उनको उमेर ६७ वर्ष भएको रिपोर्टमा जनाइएको छ । विभागका ६ जना म्यानेजरमाथि यो घटनामा संलग्न हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.