कोरोनाभाइरसको विषयमा चीनको सरकारी मिडियाले भारत र अमेरिकाको खिल्ली उडायो

डिसी नेपाल
१३ वैशाख २०७८ १७:४७
1.7k
Shares

काठमाडौं। चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले भारतमा अनियन्त्रित कोरोना महामारीको संक्रमणका बेला भारत–अमेरिका सम्बन्धका विषयमा दुवै देशको खिल्ली उडाएको छ । यसअघि अमेरिकाले भ्याक्सिन उत्पादनका लागि आवश्यक वस्तुको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतले गरेको आग्रह अस्वीकार गरेको थियो।

त्यतिबेला अमेरिकी प्रशासनले अमेरिकी नागरिकलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको र अमेरिका संकटबाट पूर्ण रूपमा बाहिर नकिस्किँदासम्म पूरै विश्वमा खतरा कायमै रहने बताएको थियो । पछि यसको आलोचना भएपछि बाइडेन प्रशासनले भारतलाई सहयोग गर्ने घोषणा गरेको थियो । ग्लोबल टाइम्सले अमेरिकाले भारतलाई सहयोग गर्न लामो निकै ढिलाइ गरेको भन्दै आलोचना गरेको छ ।

अखबारले लेखेको छ ‘भारतमा कोभिड महामारी सबैभन्दा विनाशकारी चरणमा पुगेको छ र संयुक्त राज्य अमेरिका यतिबेला २० करोड मानिसहरूलाई खोप लगाएको उपलब्धिको उत्सव मनाउन व्यस्त छ । यो कति ठूलो विरोधाभास हो । अमेरिकाले भारतलाई खोपको लागि आवश्यक कच्चा पदार्थको निर्यातमा लगाएको प्रतिबन्ध हटाउन इन्कार गरेको थियो।’ कोभिड महामारी विरुद्धको लडाइँमा अमेरिकी सरकारले भारतलाई धेरै पटक मौखिक रूपमा समर्थन गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेनले भारतीयहरूप्रति सहानुभूति व्यक्त गर्दै आइतबार ट्वीट गरेका थिए । ग्लोबल टाइम्सले लेखेको छ ‘भारतजस्ता देशहरूले अमेरिकाका लागि उनीहरू एक प्यादा मात्र हुन् भन्ने कुरा थाहा पाउनुपर्छ। अमेरिकाले जतिबेला आवश्यक पर्छ त्यतिबेला प्रयोग गर्छ र जब अमेरिकालाई उसको खाँचो हुँदैन, उसले प्रयोग गरिएको टिसर्ट जस्तै फालिदिनेछ । अमेरिकाले भारतलाई आफ्नो चीन विरोधी रथमा चढाउने प्रयास गरिरहेको छ । तर भारतलाई आवश्यक पर्दा उसले ‘अमेरिकी पहिलो’ नीतिलाई संकेत गर्दै पछि हट्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.