सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण र कोरोना सम्बन्धित बाहेकका कामकारवाही स्थगित

डिसी नेपाल
१४ वैशाख २०७८ १८:३१
36
Shares

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण वैशाख १५ देखि वैशाख मसान्तसम्म बन्दीप्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित बाहेकको मुद्दा नहेर्ने भएको छ ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित बाहेकका कामकारवाही स्थगित गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत र न्यायाधीकरणको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारवाही सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत र न्यायाधिकरणलाई मिलाउन पनि सर्वाेच्चले निर्देशन दिएको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.