नेपाललगायत चीनले गर्‍यो सार्कका ५ मुलुकसँग कोरोनाबारे छलफल

डिसी नेपाल
१४ वैशाख २०७८ १९:२६
1.0k
Shares

काठमाडौं। उत्तरी छिमेकी चीनको समन्वयमा मंगलबार नेपाललगायत सार्कका ५ मुलुकहरुबीच कोरोनाबारे महामारीबारे छलफल भएको छ। मंगलबार भर्चुअल माध्यमबाट ६ मुलुकका विदेशमन्त्रीबीच कोरोनाको महामारीबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार छलफलमा चिनियाँ विदेशमन्त्री वाङ् यीले कोरोना महामारीविरुद्ध क्षेत्रीय रुपमा एकजुट भएर लडनुपर्ने प्रस्ताव गरेका छन्। उनले कोरोनाविरुद्धको लडाइँमा चीनले सहयोग गर्ने बचन पनि दिएका छन्।

बैठकमा सहभागी नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्ने बताएका थिए। छलफलका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीनले नेपाललाई थप सहयोग गर्ने बचन दिएका थिए।

छलफलमा नेपाल, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुको सहभागिता थियो। चीनले यसअघि पनि यसप्रकारको छलफल गरेको थियो। चीनले सार्कमा प्रवेश नपाएपछि उसले छुट्टै क्षेत्रीय मञ्च बनाउने प्रस्ताव गरिसकेको छ। तर, त्यस्तो प्रस्तावमा सहमति भने जुटिसकेको छैन। दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भारत भने यो छलफलमा सहभागी थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.