निषेधाज्ञामा पनि खाेप अभियान जारी रहने

डिसी नेपाल
१५ वैशाख २०७८ ११:५२
168
Shares

काठमाडाैं । कोरोनाको खोप लगाउने काम निषेधाज्ञामा पनि जारी रहने भएको छ। सरकारले बैशाख १६ गते (भोली)देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने बताएको छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भए पनि खोप कार्यक्रम भने नियमित रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। डिसी नेपालसँग कुरा गर्दै गौतमले निषेधाज्ञाले खोप कार्यक्रम प्रभावित नहुने जानकारी दिए।

गत माघमा भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड नामक कोरोना विरुद्धको खोपबाट खोप अभियान सुभारम्भ गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना विरुद्धको खोप अभियानको सभारम्भ गरेका हुन्।

माघपछि निरत्तर खोप सुचारु भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले हालसम्म ४० लाख नेपालीले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिए। पछिल्लो समय चीनबाट ल्याइएको खोप सुचारु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.