सामाजिक संजालमार्फत हजुरबुवाको लागि अक्सिजन माग्दा युवकविरुद्ध आपराधिक मुद्दा !

डिसी नेपाल
१५ वैशाख २०७८ १२:४३
276
Shares

काठमाडौं। ८८ वर्षका हजुरबुवाको लागि सामाजिक संजालमार्फत अक्सिजनको गुहार माग्दा एक जना युवकविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको छ । ती युवकले ट्वीटरमार्फत आफ्ना हजुरबुवाको लागि अक्सिजन सिलिण्डरको गुहार मागेका थिए । उनले सामाजिक संजालबाट यसरी अक्सिजन मागेको केही घण्टामा उनका हजुरबुवाको मृत्यु भएको छ ।

घटना भारतको उत्तर प्रदेशको हो । यहाँको अमेठी जिल्लाका सशांक यादवले ट्वीटरमार्फत आफ्ना हजुरबुवाको लागि अक्सिजनको आवश्यकता भएकोले अक्सिजनको व्यवस्था गरिदिन आग्हसहित ट्वीट गरेका थिए । उनले ट्वीटमा बलिउड अभिनेता सोनु सूदलाई मेन्सन गरेका थिए । सोनू सूदले अघिल्लो चरणको लकडाउनदेखि नै समस्यामा परेकाहरुलाई लगातार सहयोग गर्दै आइरहेका छन् ।

द वायरका अनुसार यो ट्वीटसँग द वायरका सम्पादकलाई यसबारे सामाजिक संजालमै सन्देश पनि आएको थियो । त्यसपछि जाँचको क्रममा ती वृद्धलाई कोभिड–१९ नदेखिएको भन्दै अमेठी पुलिसले ती युवकले सामाजिक संजालमार्फत त्रास उत्पन्न गराउने पोस्ट गरेको भन्दै उनीविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको हो । समाचारका अनुसार पुलिसले उनीमाथि जुन धाराअन्तर्गत मुद्दा दायर गरेको छ यसमा दोषी ठहरिए उनलाई जेल सजाय हुन सक्छ ।

यो घटनासँगै कोभिड–१९ संक्रमित नभएकाहरुलाई समेत अक्सिजनको आवश्यकता पर्ने र त्यस्ता बिरामीलाई बेवास्ता गरिएको भन्दै चर्को विरोध भएको छ । जानकारहरुका अनुसार ती वृद्धलाई कोरोना संक्रमण नभएको भए पनि उनको उमेरका हिसाबले उनलाई अक्सिजन सपोर्टमा राख्नुपर्ने अन्य समस्या पनि हुन सक्छ । यो विषय भारतकी केन्द्रीय मन्त्री स्मृति इरानीसम्म पुगेपछि पुलिसले ती युवकविरुद्ध कडा कारवाही गरेको बताइएको छ । इरानी अमेठीकी सांसद हुन् । उनले २०१४ मा यहाँ राहुल गान्धीलाई पराजित गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.