विदेश जानेहरुका लागि बारकोडमार्फत हेर्न मिल्ने पीसीआर रिपोर्ट
काठमाडौं । सरकारले अब विदेश जानेहरुका लागि सरकारी प्रयोगशाला तथा तोकिएको अस्पतालको रिपोर्टमा सम्बन्धित व्यक्तिको फोटो राखेको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ ।
विदेश जानेहरुले नक्कली पीसीआर रिपोर्ट देखाउन थालेपछि स्वास्थ्य तथा जनसंख्याले विदेश जानेहरुलाई नयाँ मापदण्ड बनाएको हो ।
पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालका आधारमा ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको विज्ञीप्तीमा उल्ललेख छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment