‘हाम्रा छोरीहरु ३८ वर्षअघि जन्मिनेबित्तिकै अस्पतालमा साटिएका रहेछन्’

डिसी नेपाल
१७ वैशाख २०७८ १२:२७
2.8k
Shares

काठमाडौं। दुईवटी आमाले आफ्ना छोरीहरु ३८ वर्षअघि जन्मिनेबित्तिकै अस्पतालमा साटिएका रहेछन् भन्ने कुरा अहिले थाहा पाएका छन् । अस्पतालमा बच्चीहरुलाई लगाइएको ट्याग खसेपछि उनीहरु साटिएका थिए । भेसिल्या बाइमुर्जिना र भ्यालेन्टिना बाउलिनाले ३८ वर्षअघि ग्रामीण रुसको किजिल्स्कोएमा एक अस्पतालमा अल्योना र गुल्सिनालाई जन्म दिएका थिए । अल्योना भेसिल्याकी छोरी थिइन् र गुल्सिना भ्यालेन्टिनाकी छोरी थिइन् तर उनीहरु अस्पतालमा साटिएका थिए ।

द सनमा प्रकाशित एक रिपोर्टका अनुसार यी दुई बालिकाहरु आफ्ना अभिभावकभन्दा निकै फरक देखिँदै हुर्किए । कालो कपाल भएकी भेसिल्याले खैरो कपाल भएकी गुल्सिनालाई छोरीको रुपमा हुर्काइन् भने खैरो कपाल भएकी भ्यालेन्टिनाले कालो कपाल भएकी अल्योनालाई हुर्काइन् । वर्षौंसम्म आफूले हुकाइरहेकी छोरी आफैंले जन्माएको होइन कि भन्ने अनुमानका बीच अन्ततः भेसिल्या र भ्यालेन्टिनाले डिएनए परीक्षण गर्ने निर्णय गरे जसमा उनीहरुका छोरीहरु साटिएको खुलासा भयो । परीक्षणको नतिजा एनटिभी च्यानलको चर्चित टक शोमा खुलासा गरिएको थियो ।

‘१२ वर्षको उमेरमा मैले पहिलोपटक म मेरा अभिभावकले नै जन्माएकी छोरी नहुन सक्छु भन्ने खालका कुरा सुनेकी थिएँ’ अल्योनाले टिभी शोमा भनिन् ‘त्यसपछि मैले मेरा वास्तविक आफन्त को हुन सक्छन् भन्ने बारेमा पनि जानकारी पाएँ र बाइमुर्जिन परिवारलाई भेट्न गएँ ।’ भेसिल्याले गुल्सिना आफ्नी छोरी होइनन् भन्ने कुरा अस्वीकार गरेपछि टेलिभिजन शोमा डिएनए परीक्षणमार्फत सहयोग माग्नका लागि गएकी थिइन् । शोमा जब परीक्षणको नतिजा सुनाइयो चारैजना आमाछोरीहरु रुन थाले र भावुक भ्यालेन्टिनाले आफ्नी जैविक छोरीलाई भनिन् ‘मेरी छोरी !’

खुलासापछि दुवै परिवारले मित्रको रुपमा रहने र नजिकको सम्बन्ध कायमै राख्ने निर्णय गरेका छन् । अल्योना र गुल्सिनाले आफूहरु जन्मँदा भएको गडबडीबारे थाहा पाएपछि रुसको अर्थ मन्त्रालयसँग १ करोड रुबल क्षतिपूर्ति मागेका छन् । अस्पतालकी हालकी म्यानेजर एला भासिल्येभाले यो घटनाबारे थाहा पाएपछि दुवै आमाहरुलाई आधिकारिक माफी पत्र पठाएकी छिन् । उनका अनुसार बच्चा साटिने घटनामा संलग्न कर्मचारी भने अब जीवित छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.