‘स्पेनिस लाफिङ गाइ’ जुआन जोया बोर्जाको निधन
काठमाडौं। सामाजिक संजालमा हाँसो प्रकट गर्नको लागि प्रयोग गरिने चर्चित मिमबाट विश्वव्यापी चर्चा बटुलेका ‘स्पेनिस लाफिङ गाइ’ जुआन जोया बोर्जाको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ६५ वर्षको उमेरमा निधन भएको हो । बोर्जा २००७ मा चर्चामा आएका थिए जतिबेला उनी धेरै टेलिभिजन शोहरुमा देखिएका थिए । त्यतिबेला उनले विगतको एउटा हाँसोउठ्दो घटना पनि राम्रोसँग भन्न समेका थिएनन् किनकि त्यतिबेला उनी अति धेरै हाँसिरहेका थिए ।
उनको यही अनियन्त्रित हाँसोका कारण उनी विश्वव्यापी रुपमा चर्चामा आएका थिए । ‘एल रिस्तास’ नाम दिइएका बोर्जाको जिसस क्विन्टेरो र राटोनेस कोलोराओससँगको अन्तरवार्ता विश्वव्यापी रुपमा सनसनी बनेको थियो । त्यो अन्तरवार्ताको भिडियो अहिले पनि कैयौं मिमहरुमा प्रयोग गरिन्छ । यसरी चर्चामा आउनुभन्दा पहिले बोर्जाले लामो समय खाना बनाउने र सिमेन्ट अनलोड गर्ने काम गरेर जीवन चलाएका थिए । बोर्जाको स्पेनको सेभिल्लामा हस्पिटल डे ला क्यारिडाडमा बुधबार निधन भएको हो ।







डिसी नेपाल








Facebook Comment