विश्वको सबैभन्दा पुरानो १ अर्ब ६० करोड वर्षको पानी भेटियो, कस्ता छन् यसका विशेषता ?
काठमाडौं। विश्वको सबैभन्दा पुरानो पानीको खोजी गरिएको छ । यो पानी १ अर्ब ६० करोड वर्ष पुरानो हो । क्यानडाको टोरन्टो विश्वविद्यालयको आइसोटोप जियोकेमेस्ट्रीकी भू–रसायनविद बार्बरा सेरउड लोलरले यो पानीको खोजी गरेकी हुन् । यो पानीलाई क्यानडाको साइन्स एण्ड टेक्नोलोजी म्युजियममा सुरक्षित राखिएको छ ।
क्यानडाको म्याकलिन्स म्यागजिनका अनुसार बार्बरा शेरवुडले आफ्नो टोलीका दुई सदस्य मार्फत क्यानाडाको खानीबाट पानी संकलन गरेकी थिइन्। त्यसपछि उनले त्यो पानीको नमूनालाई जाँचको लागि अक्सफोर्ड विश्वविद्यालयमा पठाइन् । केही दिनसम्म जवाफ नआएपछि बार्बराले अक्सफोर्ड विश्वविद्यालयको प्रयोगशालामा फोन गरिन् र त्यो नमूनाबारे सोधिन्।
प्रयोगशालाका प्राविधिकले ठट्टा गर्दै जवाफ दिए ‘हाम्रो मास स्पेक्ट्रोमिटर भाँचिएको छ । यो यति पुरानो छ कि हामीलाई जोड्न समय लाग्छ।’ यो पानीको नमूना क्यानडाको ओन्टारियोको उत्तरमा रहेको टिमिन्सस्थित खानीबाट लिइएको हो । यो पानीको नमुना १ अर्ब ६० करोड वर्ष पुरानो छ अर्थात यो पृथ्वीमा अहिलेसम्म भएको सबैभन्दा पुरानो पानी हो । आफूले पृथ्वीको सबैभन्दा पुरानो पानी पत्ता लगाएको थाहा पाउँदा बार्बरा छक्क परेकी थिइन्।
बार्बराका अनुसार यो पानीबाट सौर्यमण्डलका अन्य ग्रहमा पहिले कहिल्यै पानी वा जीवन थियो कि थिएन भन्ने थाहा पाउन सहयोग पुग्छ । यो पानीबाट बासीजस्तो दुर्गन्ध आउने उनले बताइन् । यही दुर्गन्धबाटै बार्बराको टिमले यो पानी चट्टानको चरबाट निस्किरहेको थाहा पाएका थिए । यो पानीको स्वाद अत्यन्तै नुनिलो छ । यो समुद्रको पानीभन्दा १० गुणा धेरै नुनिलो छ । बार्बराका अनुसार उनी यसअघि १९९२ मा टिमिन्समा गएकी थिइन् । त्यतिबेला उनले किड्ड क्रिक खानीभित्र यात्रा गरेकी थिइन् ।
When Barbara Sherwood Lollar sent water samples to a colleague for testing, she knew this was no ordinary water. Tests pegged the mean age of the samples, from a mine north of Timmins, Ont., at 1.6 billion years old—the oldest ever found on Earth. https://t.co/KgaYC60GW8
— Maclean’s Magazine (@macleans) April 28, 2021
१९९२ को यात्राको १७ वर्षपछि उनको टिम खानीभित्र २.४ किलोमिटर भित्रसम्म गए । त्यसपछि ४ वर्षसम्म नमूना संकलन गरे । त्यसको जाँच गरे । अहिले आएर यो टिमले विश्वकै सबैभन्दा पुरानो पानीको खोजी गरेका छन् । बार्बराका अनुसार हामी पानीलाई केवल एचटुओको रुपमा चिन्छौं तर कहिल्यै यो सोच्दैनौं कि यसमा अरु के के मिसिएको छ । १ अर्ब ६० करोड वर्ष पुरानो यो पानीमा रेडियोजेनिक नोबल ग्यासहरु जस्तै हिलियम र जेनन मिसिएका छन् । यो पानीमा इन्जिनियम नामको तत्व पनि छ ।
पानीको नमुना हाल ओटावाको क्यानेडियन साइन्स एण्ड टेक्नोलोजी म्युजियममा राखिएको छ । यसबाहेक, यो पानीमा कोमोलिथोट्रोग्राफिक सूक्ष्मजीवहरू पनि छन् जसले गर्दा पानी अलि पहेंलो देखिन्छ । यी सूक्षमजीवहरु हाइड्रोजन र सल्फेट खाएर जीवित छन् । बार्बराका अनुसार आज पनि किड्ड खानीमा तामा र जस्ताको उत्खनन हुन्छ । यो संसारको सबैभन्दा गहिरो खानी हो जुन लगभग तीन किलोमिटर गहिरो छ। कुनै–कुनै ठाउँमा गहिराइ अझै बढी हुन सक्छ तर अहिलेसम्म नापिएको छैन।
यो खानी भित्र पस्न करिब १ घण्टा लाग्छ । त्यहाँ पुग्न दुई तले लिफ्टमा यात्रा गर्नुपर्ने हुन्छ र त्यसपछि १.५ किलोमिटर लामो ब्याट्रीबाट चल्ने रेलमा यात्रा गर्नुपर्ने हुन्छ। रेल २३७७ मिटर गहिराइसम्म चल्छ । बारबराले भनिन्, ‘यो खानीभित्र जाँदा यसको भित्ता छुँदा गर्मी महशुस हुन्छ । यो खानी सन् १९६३ मा सुरु भएको थियो। तर त्यसबेलादेखि यस खानीमा थुप्रै वैज्ञानिक परीक्षणहरू भएका छन्। यो खानी अझै पनि संसारका वैज्ञानिकहरूका लागि वैज्ञानिक अनुसन्धानको राम्रो स्रोत हो।







डिसी नेपाल








Facebook Comment