जेलबाट रिहा भए लालु यादव तर घर नजाने

डिसी नेपाल
१७ वैशाख २०७८ १५:२०
7.0k
Shares

काठमाडौं। भारतको बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव जेलबाट रिहा भएका छन् । लालुको रिहाइको दस्तावेज बिहीबार नै अखिल भारतीय आयुर्विज्ञान संस्थानमा पठाइसकिएको छ । एम्समा लालुको उपचार भइरहेको छ । शुक्रबार दस्तावेजको हार्ड कपि पनि पठाइएको छ । तर, लालु अहिले नै आफ्नो घर नजाने भएका छन् ।

लालुको परिवारलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेअनुसार उनलाई अहिले नै घर पठाइने छैन । उनको स्वास्थ्य खराब छ त्यसैले कुनै जोखिम उठाउन सकिने स्थिति छैन । परिवारले उनलाई एम्समै राख्नु उचित हुने मानिरहेको छ । परिवारलाई यदि लालु पटना आएमा त्यहाँ समर्थकको भीड बढ्ने डर छ । यस्तोमा संक्रमण फैलिने डर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.