चीनबाट नेपाल हुँदै भारत पुगेका चिनियाँ सैनिकलाई १० महिना जेल
काठमाडौं। चीनबाट नेपालको बाटो हुँदै भारत पुगेका एक जना चिनियाँ सैनिकलाई १० महिना जेल सजाय सुनाइएको छ । हिमाचल प्रदेशको कांगडा एडिसनल ज्युडिसियल कोर्टले उनलाई सजाय सुनाएको हो । उनीमाथि ११ हजार रुपैयाँ जरिवाना पनि लगाइएको छ । यी चिनियाँ सैनिक २०२० मा अवैध तरिकाले भारत प्रवेश गरेका थिए । पुलिसले उनलाई हिमाचलको देहरामा गिरफ्तार गरेको थियो । त्यतिबेला उनले आफूलाई चिनियाँ पर्यटक बताएका थिए ।
बुधबार न्यायाधीश शितल शर्माले चिनियाँ सैनिकलाई दोषी मान्दै सजाय सुनाएका हुन् । ८ जुलाइ २०२० मा ती सैनिक लाइ क्सिओदन नेपाल हुँदै भारत प्रवेश गरेका थिए । उनी ७ जुलाइमा दिल्लीदेखि चण्डीगढ अनि उना हुँदै धर्मशाला गइरहेको बसबाट कालोहा गाउँ पुगेका थिए । पुलिस जाँचमा उनी चिनियाँ सैनिक भएको पाइयो । उनी नेपाल हुँदै भारत प्रवेश गरेका थिए । उनको पासपोर्टमा अध्यागमनको छाप थिएन ।







डिसी नेपाल








Facebook Comment