भारतबाट पहिलोपटक प्रतिस्प्रधिदरमा विद्युत आयात सुरु, विद्युत निर्यातमा थप सहजता

डिसी नेपाल
१८ वैशाख २०७८ १०:३७
44
Shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ। योसँगै भारतीय ऊर्जा एक्सचेञ्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए।

उनले भने ‘गत मार्च महिनामा भारत लगाएत दक्षिण एशियाका पाँच देशले यो सम्झौतामा सहमति जनाएका थिए। नेपालले पहिले नै विद्युत खरिद प्रक्रिया थालिसको थियो। त्यसैले यसरी विद्युत खरिद गर्ने नेपाल दक्षिण एशियाकै पहिलो हो। नेपाल जलस्रोतमा धनी भएको र विद्युत उत्पादन बढीरहेकोले आगामी दिनका लागि नेपालले विद्युत बेच्न पनि सहज हुने छ। यो नेपालका लागि ठूलो उपलब्धि हो।’

प्राधिकरणले आज राति १२ बजेबाट २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेञ्ज बजारबाट खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ। सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३ रुपैयाँ ८१ पैसा भारतीय रुपैयाँ रहेको छ।

हाल नेपालले करिव ६० प्रतिशत विजुलि आयात गरिरहेको उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.