आन्तरिक र बाह्य सबै उडान बन्द भएपनि भारतमा साताको दुइ उडान हुने

डिसी नेपाल
२० वैशाख २०७८ १६:३५
756
Shares

काठमाडौं। नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द हुने भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना रोकथामका लागि भन्दै सोमाबार (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने र आगामी वैशाख २३ गते बिहीबारदेखि अन्तर्राष्ट्रियतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान बिहीबार रातिदेखि बन्द हुने जनाएको छ। उडान वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको छ।

तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने नेपाल उड्यन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।
भारतमा हप्ताको दुई उडान ‘ओपन विन्डो’को रुपमा हुने छन्। जसमा समस्यामा परेका, विरामी मानिसहरुलाई प्राथामिकता दिइने छ।

यात्रुले यसअघि सरकारले तोकेका सबै मापदण्डको सही रुपमा पालना गर्नु पर्ने छ। जसअनुसार १० दिन क्वारेन्टिनमा बस्नु पर्ने छ। यस्तै अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने प्राधिकरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.