भारतको कर्नाटकमा अक्सिजन नहुँदा १२ विरामीको मृत्यु

डिसी नेपाल
२० वैशाख २०७८ २३:०२
132
Shares

काठमाडौं। भारतको कर्नाटक राज्यमा अक्सिजन नहुँदा अस्पतालमा भर्ना भएका १२ जना विरामीको मृत्यु भएको छ। कर्नाटक राज्यको मैसुरूदेखि ६० किलोमीटर टाढाको चामराजनगर भन्ने स्थानको एक अस्पतालमा मेडिकल अक्सिजन नहुँदा अस्पतालमा भर्ना भएका १२ जना विरामीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। अस्पतालमा उपचाररत विरामीको अक्सिजन लेभल घट्दा उनीहरुको मृत्यु भएको हो।

सो अस्पतालमा अन्य ११ जनाको पनि मृत्यु भएको जनाइएको छ। कर्नाटक सरकारले मृत्युबारे छानविन गर्न आदेशसमेत दिएको जनाइएको छ। अस्पतालले मृत्यु हुने विरामी कोरोना संक्रमित नरहेको बताएको छ।

यसअघि भारतको दिल्लीका दुई अस्पतालमा मेडिकल अक्सिजन स्पलाइ नहुँदा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। भारतमा कोरोना संक्रमण बढेसँगै अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको छ। भारत सरकारले अक्सिजन अभाव हुन थालेपछि विभिन्न देशबाट अक्सिजन आयात गरिरहेको छ। सरकारले विभिन्न राज्यहरुलाई अक्सिजनको कोटा तोकेर वितरण गरिरहेको छ। हाल भारतमा अक्सिजन मेडिकल प्रयोजनबाहेक अन्य क्षेत्रमा उपयोग गर्न रोक लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.