बागलुङमा काेराेना सङ्क्रमित जनप्रतिनिधिको मृत्यु

डिसी नेपाल
२१ वैशाख २०७८ ८:४२
116
Shares

बागलुङ । बागलुङमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ। जिल्लाको ताराखोलागाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा गए राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो। अस्पतालको सघन उपचारकक्षमा राखेर उनको उपचार भइरहेको थियो।

श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा शैलेन्द्र विक पोखरेलले बताए। उनी गाउँ कार्यपालिका सदस्य थइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.