हवाई मार्गबाट आउनेले सरकारले तोकेका होटेलमा १० दिन क्वारेन्टाइन बस्नै पर्ने

डिसी नेपाल
२२ वैशाख २०७८ १५:११
544
Shares

काठमाडौं। भारतबाट हवाई मार्ग हुँदै आउनेहरूले अब १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोरोना रोकथामका लागि भन्दै गत सोमबारदेखि आन्तरिक तथा वैशाख २३ गते बिहीबारदेखि अन्तर्राष्ट्रियतर्फका सबै उडान बन्द गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय भारतबाट हप्तामा दुइ वटा उडान गर्नेगरी भएको थियो। सांस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार भारतबाट आउनेले १० दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने नियम जारी गरेको छ।

यस्तै क्वारेन्टाइनका लागि ८ वटा होटेलको नाम समेत सार्वजनिक गरिएको छ। विमानस्थलबाट ओर्लिएपछि उनीहरूलाई सिधै होटेलको क्वारेन्टाइनमा लगिने छ।

त्यि होटेलहरुमा ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम, रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको हो। यी होटलमा १० देखि ९१ वटासम्म रुम रहेको छ।

होटेलले नै एयरपोर्टबाट यात्रुलाई लैजाने, खाने र बस्ने समेत व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दिएको छ। एक यात्रुबाट प्रत्येक दिनको ३ हजारसम्म होटलले लिन पाउने छन्। उनीहरूले दश दिन अनिवार्य रुपमा होटेलको क्वारेन्टाइनमा बस्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.