स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली शितल निवासमा

डिसी नेपाल
२३ वैशाख २०७८ १२:१३
728
Shares

काठमाडौं। एमाले स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच ११ : ४५ देखि राष्ट्रपति भवनमा छलफल सुरु भएको छ। बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न जानुलाई अर्थ पूर्णरुपमा हेरिएको छ।

बैठकमा अब हुन गैरहेको राष्ट्रियसभाको उपनिर्वाचनबारे र प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको बारेमा मात्रै छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,‘हुन गैरहेको राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भयो, प्रधानमन्त्रीज्यूले नेकपा एमालेका उम्मेद्धवारलाई जिताउनेगरि तयारी गर्नेगरि विभिन्न सुझाव लिनुभएको छ । हामीले जनप्रतिनिधिहरु र तदातासँग कुराकानी गर्ने भनेका छौं। अब उम्मेद्धवारबारे छिट्टै तय लाग्छ। आजको बैठकमा विश्वासको मतको सन्दर्भबारे छलफल गरेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.