ओलीले संवैधानिक परिषद्को बैठक बोलाएकोमा माधव नेपालको विरोध

डिसी नेपाल
२५ वैशाख २०७८ १०:३५
340
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद बैठक बोलाएकोमा एमाले वरिष्ठ नेता माधव नेपालले विरोध जनाएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले कोरोना भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनु पर्ने बेलामा बलमिच्याइ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन तथा अलोकतान्त्रिक कार्य भएको आरोप लगाएका छन्।

कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई…

Posted by माधव कुमार नेपाल – Madhav Kumar Nepal on Friday, 7 May 2021

नेता नेपालले लेखेका छन्, ‘कोरोना (कोभिड-१९)  भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अतस् गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.