विश्वासको मत मागेकै दिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

डिसी नेपाल
२७ वैशाख २०७८ १४:२३
524
Shares

काठमाडौं। प्रतिनिधिसभामा आफ्नो पक्षमा बहुमत सदस्यको विश्वास भएको सिद्ध गर्नको लागि प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज बेलुकी ५ बजेको लागि बोलाइएको छ ।

यो मन्त्रिपरिषदको नियमित बैठक हो । तर, प्रतिनिधिसभामा विश्वासको मत मागेकै दिन बैठक बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ । यस्तो अवस्थामा बोलाइएको बैठकमा कुनै अनपेक्षित निर्णय हुन सक्ने आशंका गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.