अमेरिकाले पनि फाइजर भ्याक्सिन १२ देखि १५ वर्ष उमेर समूहका लागि स्वीकृति दियो
काठमाडौं। फाइजरको कोरोनाभाइरस भ्याक्सिनले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउनको लागि अमेरिकामा पनि स्वीकृति पाएको छ । यसअघि सबैभन्दा पहिले क्यानडाले यो उमेर समूहका लागि फाइजर भ्याक्सिन स्वीकृत गरेको थियो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले यो भ्याक्सिन १२ देखि १५ वर्ष उमेर समूहका लागि आपतकालीन प्रयोगको स्वीकृति दिएको हो ।
अब अमेरिकामा बिहीबारदेखि यो उमेर समूहका लागि खोप अभियान सुरु हुन सक्ने बताइएको छ । एफडिएले सोमबार यो भ्याक्सिन १२ देखि १५ वर्ष उमेर समूहका लागि स्वीकृत गरेको हो । एफडिएकाकार्यवाहक आयुक्त जेनेट उडककले यो कदमलाई कोरोना महामारीविरुद्धको लडाइमा महत्वपूर्ण कदम भनेका छन् । उनले आफूहरुले उपलब्ध नतिजा, जानकारी र तथ्यांकको गहन अध्ययन गरेको विषयमा बालबालिकाका अभिभावकलाई आश्वस्त पार्न सकिने बताएका छन् ।







डिसी नेपाल








Facebook Comment