अमेरिकाको न्यूयोर्कमा १ वर्षअघि कोरोनाले मरेका सयौं लाश अझै पनि ट्रकमा

डिसी नेपाल
२८ वैशाख २०७८ ११:४८
1.9k
Shares

काठमाडौं। अमेरिकाको न्यूयोर्कमा एक वर्षअघि नै कोरोनाभाइरसका कारण मृत्यु भइसकेकाहरुको शव रेफ्रिजेरेटर ट्रकमा अझैसम्म राखिएका छन् । मेडिकल जाँचकर्ताको कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार ७ सय ५० शव यसरी लामो समयसम्म सुरक्षित राखिने रेफ्रिजेरेलटर ट्रकमा राखिएका छन् । यी ट्रकहरु साउथ ब्रुकलिन मरिन टर्मिनलमा राखिएका छन् ।

अमेरिकाको न्यूयोर्कमा अघिल्लो वर्ष कोरोनाभाइरसको पीक आएको थियो । त्यतिबेला न्यूयोर्कमा दैनिक मृत्यु हुनेको संख्या ८ सय पुगेपछि प्रशासनले कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको शव रेफ्रिजेरेटर ट्रकमा राख्नु परेको थियो । यी शवहरु अहिलेसम्म पनि ती ट्रकमै छन् र ती शवको अझै अन्तिम संस्कार गरिएको छैन । स्थानीय प्रशासनले अझै पनि ७५० शव ट्रकमै भएको र अब क्रमशः ती शवहरुको अन्तिम संस्कार गरिने बताएको छ ।

न्यूयोर्कको हर्ट आइसल्याण्ड सबैभन्दा ठूलो चिहानघाट हो । यहाँ गरिब र पहिचान नखुलेकाहरुको शव गाडिन्छ । अहिले अन्तिम संस्कार गर्न बाँकी यी शवहरुलाई पनि यहीँ गाडिनेछ । स्थानीय प्रशासनले यी मृतकको परिवारसँग सम्पर्क गर्ने कोसिस गरिरहेको छ । स्थानीय अधिकारीका अनुसार कैयौं परिवारले आफ्ना आफन्तको व्यवस्थित तरिकाले अन्तिम संस्कार गर्न चाहेकोमा अघिल्लो वर्ष धेरै मृत्यु भइरहेका बेला त्यो सम्भव नभएकोले शव यसरी फ्रिजमा राखिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.