भारतमा फैलिएको कोरोना भेरिएन्टलाई डब्लुएचओले ‘चिन्ताजनक भेरिएन्ट’ घोषणा गर्‍यो

डिसी नेपाल
२८ वैशाख २०७८ १४:१५
208
Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठनले अहिले भारतमा फैलिएको कोरोनाभाइरस भेरिएन्टलाई चिन्ताजनक भेरिएन्ट अर्थात ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । डब्लुएचओका अनुसार भारतमा सबैभन्दा पहिले अक्टोबर महिनामा पाइएको यो भेरिएन्ट बी–१६१७ धेरै संक्रामक देखिएको छ र यो सजिलै फैलिन सक्छ ।

कोरोनाभाइरसका विषयमा विश्व स्वास्थ्य संगठनकी प्रमुख मारिया भेन केरखोवका अनुसार एउटा सानो नमूनामा गरिएको प्रयोगशाला अध्ययनमा यो भेरिएन्टमा एन्टिबडीको असर कम भएको पाइएको छ । तर, यसको अर्थ यो भेरिएन्टमा भ्याक्सिन प्रतिरोधी क्षमता बढी भने नभएको उनले बताइन् ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टअनुसार केरखोवले सोमबार जारी गरेको बयानमा भनेकी छिन् ‘उपलब्ध तथ्यांकबाट थहा हुन्छ सबै भ्याक्सिन बिरामी हुनबाट रोक्न र बी–१७१७ भेरिएन्टबाट संक्रमितहरुको ज्यान बचाउन प्रभावकारी छन् ।’ उनले यो भेरिएन्बारे धेरै जानकारी मंगलबार दिइने बताइन् ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार यो भेरिएन्टविरुद्ध अहिलेसम्म उपलब्ध जाँच र भ्याक्सिन प्रभावकारी देखिएको छ । यो भेरिएन्टबाट संक्रमितहरुलाई पहिलेका संक्रमितलाई जस्तै उपचार दिइएको छ त्यसैले मानिसहरुले यो भेरिएन्टका लागि छुट्टै उपचार विधि खोज्नु पर्दैन बरु उनीहरुले भ्याक्सिन लगाउनुपर्छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकापछि भारत चौथो देश हो जहाँ फैलिइरहेको भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले चिन्ताजनक भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.