रुसमा स्कुलभित्र अन्धाधुन्ध गोली आक्रमण, ८ बालबालिकासहित १३ जनाको मृत्यु

डिसी नेपाल
२८ वैशाख २०७८ १७:१७
320
Shares

काठमाडौं। रुसको काजान सहरमा आक्रमणकारीहरुले मंगलबार एक स्कुलभित्र प्रवेश गरेर अन्धाधुन्ध गोलीबारी गरेका छन् । यो आक्रमणमा अहिलेसम्म १३ जनाको मृत्यु भएको बताइउको छ । मृतकहरुमध्ये ८ जना बालबालिका र १ जना शिक्षक भएको समाचारमा जनाइएको छ । आकस्मिक सेवाका एक प्रवक्ताका अनुसारआक्रमण भएपछि २ जना बालबालिकाले तेस्रो तलाको झ्यालबाट हाम्फालेका थिए । उचाइबाट खसेका कारण उनहिरुको मृत्यु भयो ।

रुसको समाचार एजेन्सी आरआइएका अनुसार स्कुलको चौथो तलामा एक आक्रमणकारीले केही व्यक्तिहरुलाई बन्धक बनाएर राखेका छन् । १२ जना घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सीका अनुसार स्कुलभित्र एक विष्फोट पनि भएको छ । आक्रमणको सूचनापछि पुगेको सुरक्षा फैजले २ आक्रमणकारीलाई मारेको छ । अधिकारीहरुका अनुसार मारिएका १ आक्रमणकारी केवल १९ वर्षका छन् । उनीसँग दर्तावाला बन्दुक थियो ।

घटनाको अनुसन्धान सुरु भएको छ । सुरक्षा बलले १ जना १७ वर्षका संदिग्ध किशोरलाई पक्राउ गरेको छ । उनी यो आक्रमणका संलग्न भएको आशंका गरिएको छ । स्कुलको भवनमा भएको नोक्सानीको भिडियो सार्वजनिक भएको छ । पुलिसका अनुसार आक्रमण किन गरियो भन्ने कुरा अझै प्रस्ट भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.