इजरायलको तेल अभिभमा १ सय ३० वटा रकेट आक्रमण
काठमाडौं। हमासले इजरायलको तेल अभिभमा १ सय ३० वटा रकेट आक्रमण गरेको बताएको छ । इजरायलले हवाइ आक्रमण गरेर गाजामा एक टावर ध्वस्त पारेपछि जवाफमा हमासले यो आक्रमण गरेको बताएको छ । यसअघि हमासले जेरुसेलममा रहेक आक्रमण गरेपछि इजरायलले यो सशस्त्र समूहविरुद्ध हवाइ आक्रमण गरेको थियो ।
गएराती इजरायली हवाइ आक्रमणमा गाजामा रहेको १३ तले आवासीय भवन ध्वस्त भएको थियो । यो भवनमा गाजाको इस्लामिक शासक हमासले पैयोग गर्ने एउटा राजनैतिक कार्यालय थियो । प्रत्यक्षदर्शीका अनुसार हवाइ आक्रमणको एक घण्टाअघि यो भवनमा बस्ने र वरिपरी बस्नेहरुलाई बाहिर निस्कन चेतावनी दिइएको थियो । भवनबाट सबै बाहिर निस्किएका थिए वा कोही त्यहाँ परेर मरे भन्ने स्पष्ट भएको छैन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment