सुदूरपश्चिममा कोरोना सङ्क्रमण र मृत्यु दर उच्च

डिसी नेपाल
२९ वैशाख २०७८ १९:४६
48
Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म रोगबाट मृत्यु हुने १४५जना रहेकामा यस हप्तामा बढेर २५६ पुगेका छन् । मृत्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन् ।

सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.