काठमाडौंमा भोलिदेखि अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द

डिसी नेपाल
२९ वैशाख २०७८ २०:५८
812
Shares

काठमाडौं। काठमाडौं जिल्लामा अत्यावश्यक सेवा दिने कार्यालयबाहेक अन्य सबै कार्यलयहरु बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय बुधबार साँझ एक सूचना जारी गर्दै काठमाडौं जिल्लाभर अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै बन्द रहने जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा दिने कर्यालयले पनि न्यूनतम जनशक्तिमा सेवा दिनुपर्ने जनाएको छ। यो प्रतिबन्ध निषेधाज्ञा जारी रहँदासम्म कायम रहनेछ। कोरोना महामारी बढेपछि प्रशासनले यस्तो निर्णय लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.