पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज
पूर्व राजा ज्ञानेन्द्र शाह। फाइल फाेटाे।
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ दिनअघि कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका शाह बुधबार साँझ कोरोनामुक्त भएर डिस्चार्ज भएका नर्भिक अस्पतालले जनाएको छ ।
पूर्वराजा शाहसँगै संक्रमित भएकी उनकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना भएका थिए । पूर्वराजा शाहलाई अक्सिजनको सपोर्ट उपचार गरिएको थियो । ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।
पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख हेको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि आमासँगै अस्पतालमा रहेकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment