पाल्पाका होटल आइसोलेशन

डिसी नेपाल
३० वैशाख २०७८ १८:४८
52
Shares

तानसेन । कोरोनाको दोस्रो लहर फैलिँदै जान थालेपछि पाल्पाका होटललाई आइसोलेशन बनाउन थालिएको छ । गाउँगाउँमा सङ्क्रमण बढ्दै गएको अवस्थामा आइसोलेशनको अभावमा कोही नागरिकले मृत्युवरण गर्न नपरोस् भनी होटललाई आइसोलेशन बनाइएको पाल्पा होटल तथा रेष्टुराँ व्यवसायी समितीका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समितीले अनुमती दिएपछि होटललाई आइसोलेशन बनाइएको श्रेष्ठले बताउनुभयो । सङ्क्रमितलाई अक्सिजन सहितको खाना, खाजा तथा अन्य सेवाका लागि होटलमा दुई जना बसोबास गरेवापत दैनिक प्रतिव्यक्ति रु दुई हजार र एक जनाका लागि तीन हजार शुल्क कायम गरिएको छ ।

जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा बढी सदरमुकाम तानसेनमा कोरोना सङ्क्रमणको दर बढ्दो छ । तानसेनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पहिलो चरणमा होटल अन्नपूर्ण, मोनिका गेष्टहाउस, सिम्रिक, ताज, श्रीनगरमा आइसोलेशन सञ्चालन गरिएको छ । पहिलो चरणमा तयार पारिएका होटल आइसोलेशनमा तीन सय शय्या छ भने आवश्यकताअनुसार थप गर्दै जाने समितिले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.