एमाले एकताको पक्षमा कमल थापा, भन्छन्–यो शक्ति कमजोर हुनुहुन्न

डिसी नेपाल
३१ वैशाख २०७८ ७:५४
648
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाभित्रको विवादतर्फ संकेत गर्दै एमाले कमजोर बन्न नहुने बताएका छन्। उनले नाम र काम जे भएपछि एमाले बाम झुकाव भएको प्रजातान्त्रिक दल भएको र यो शक्ति कमजोर हुन नहुने बताएका हुन्।

शुक्रबार विहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले थापाले लेखेका छन्,’२०७४मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिए,परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो।हामी विस्तारै उठ्दै छौँ फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नोस् @kpsharmaoli @ncp_madhavnepal नाम/काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो।यो शक्ति कमजोर हुनुहुन्न।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.