रोल्पामा एकैदिन दुई सङ्क्रमितको मृत्यु
सांकेतिक तस्वीर
रोल्पा । रोल्पामा एकैदिन दुईजना कोरना सङ्क्रमितको मृत्यु भएको छ । माडी गाउपालिका ५ भावाङ मजबाङ निवासीे ४३ वर्षीय पुरुषको मृत्यु भएको हो । रोल्पा अस्पतालको कोभिड आइसोलेशनमा उपचार क्रममा मृत्यु भएको।रोल्पा अस्पतालका मेडिकल अधिकृत डा आधार वलीले बताए ।
ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या भएपछि उनी वैशाख २६ गते अस्पताल भर्ना भएका थिए । त्यसैगरी सुनिल स्मृति गाउपालिका –ं ४ धनचौर निवासी ५५ वर्षीय अर्का पुरुषको पनि आज मृत्यु भएको छ । रोल्पामा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाको मृत्यु भैसकेको छ । हालसम्म रोल्पामा १८ जना निको भएर घर फर्किसकेका छन् भने ३७७ जना सङ्क्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment