सोमबार उपत्यकामा मात्रै ३ हजार ९८ जना कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार नेपालमा ९ हजार २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार ६५३ जनाको पीसीआर र ४३४ एन्टीजेन परिक्षण गर्दा क्रमशः ९ हजार १९८ र ४९ जना गरी ९हजार २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २१४ जना थपिएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment