तनहुँमा महिलाको मृत्यु, एक युवक प्रहरी नियन्त्रणमा

डिसी नेपाल
५ जेठ २०७८ ८:५८
928
Shares

दमाैली । तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन्। सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन्।

मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ। स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन्। प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “घटनाबारे अनुसन्धान गरिरहेका छाैँ, थप विवरण अनुसन्धानपछि आउँछ”, उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.