कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा पहिलो पटक मृत्यु

डिसी नेपाल
१० जेठ २०७८ १४:३४
132
Shares

ओखलढुङ्गा। कोरोना सङ्क्रमणबाट यहाँ एक महिलाको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–११ की ५८ वर्षीया एक महिलाको मृत्यु भएको हो। जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।

यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए।

जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका सङ्क्रमितको यसअघि मृत्यु भएको थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.