राजनीतिक जीवनकाे उत्तरार्धमा दलविहीन माधव नेपाल

डिसी नेपाल
११ जेठ २०७८ ८:२२
4.3k
Shares

काठमाडौं। माधवकुमार नेपाल यतिबेला राजनीतिक जीवनको उत्तरार्धमा छन्। १५ वर्षसम्म नेकपा एमालेको एकल नेतृत्व गरेका नेता नेपाल राजनीतिक जीवनका उत्तरार्धमा आएर दलविहीन भएका छन्।

नेकपा एमालेले वरिष्ठ नेता नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेटबाट निष्काशन गरेपछि नेता नेपाल यतिबेला दलविहीन अवस्थामा पुगेका छन्। यद्यपी उनीहरुले नयाँ दल दर्ता गर्ने बताएका छन्।

तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि लगातार १५ वर्षसम्म नेता नेपालले एमालेको नेतृत्व गरेका थिए। पहिलो संविधानसभा निर्वाचनमा एमाले नराम्रोसँग पराजित बनेपछि नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिएका नेता नेपाल त्यसयता पार्टीको नेतृत्वमा आउन सकेनन्।

एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीसँग पराजित बनेपछि नेपाल कर्नरमा पर्दै गए। अझ माओवादी र एमालेबीच एकीकरण भएपछि नेता नेपाल झन् ओझेलमा पर्न थाले। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि ओली र नेपालबीचको तिक्तता उत्कर्षमा पुग्यो।

नेपाललाई सादगीपूर्ण जीवन जिउने, निष्ठावान्, अनुशासित र पार्टी विधि र पद्धतिप्रति इमानदार नेताको रूपमा चिनिन्छन्। समन्वयकारी भूमिका निर्वाह गर्न सिपालु मानिने नेता नेपाल यो पटक भने त्यसका लागि तयार भएनन्। पार्टी एकताका लागि गरिएको बारम्बारको प्रयास नेता नेपाल कै कारण असफल भएको अध्यक्ष ओलीले आरोप लगाउने गरेका छन्।

नेपालले प्रचण्डको साथ लिएर ओलीलाई साधारण सदस्यबाटसमेत निष्काशन गर्ने निर्णय गराए। तर सर्वोच्चले नेकपा खारेज गरेपछि फेरि नेता नेपाल अप्ठेरोमा परे। पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका नेपाल समूहका ११ जना नेतालाई सोमबार पार्टीले साधारण सदस्यसमेतबाट निष्काशन गरेपछि राजनीतिक जीवनको उत्तरार्धमा नेपाल दलविहीन भएका हुन्।

नेता नेपालको राजनीतिक उतार चढावपूर्ण रह्यो।  कहिले प्रधानमन्त्रीको रुपमा त कहिले राष्ट्रपतिको रुपमा पटक-पटक चर्चामा आएपनि निर्णायक घडीमा संधै ओझेलमा पर्ने गरेका नेता  नेपाल गणतन्त्र नेपालका दोस्रा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए।

संविधानसभाको निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनित मात्र भएनन्, प्रधानमन्त्री निर्वाचित समेत हुन पुगेका थिए।

२०४६ साल अगाडि पार्टिबाहिर कमै परिचित नेता नेपाल,  २०५० मा तत्कालीन महासचिव मदन भण्डारीको निधनपछि एमालेको महासचिवको रुपमा १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रविन्दुमा रहन सफल भए।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कसरत होस् वा दोस्रो जनआन्दोलनपछि राजनीतिक व्यवस्थापन गर्ने कुरा, नेता नेपालले समन्वयकारी र लचिलो छवि प्रस्तुत गरे।  तर आलोचकहरुले उनलाई आफ्नो कुरामा अड्न नसक्ने अस्थिर नेताको रुपमा पनि चित्रण गर्ने गर्छन्।

नेपाललाई सादगीपूर्ण जीवन जिउने, निष्ठावान्, अनुशासित र पार्टी विधि र पद्धतिप्रति इमानदार नेताको रूपमा चिनिन्छन्। समन्वयकारी भूमिका निर्वाह गर्न सिपालु मानिने नेता नेपाल यो पटक भने त्यसका लागि तयार भएनन्।

पार्टी एकताका लागि गरिएको बारम्बारको प्रयास नेता नेपाल कै कारण असफल भएको अध्यक्ष ओलीले आरोप लगाउने गरेका छन्। राष्ट्रियसभा निर्वाचनमा पार्टीको उम्मेद्वारलाई सहयोग नगरेको, प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर गरेका नेता नेपाल अन्ततः एमालेबाट औपचारिक रुपमा अलग भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.