४२७ सिट क्षमताको इमिरेट्स एयरलाइन्सको जहाज एक जना मात्रै यात्रु लिएर दुबइ गयो

डिसी नेपाल
१२ जेठ २०७८ १२:०६
16.0k
Shares

काठमाडौं। ४ सय २७ जना यात्रुका लागि सिट क्षमता भएको इमिरेट्स एयरको बोइङ ७७७–३०० इआर जहाजले एक जना मात्र यात्रु लिएर गएको छ । यो अनौठो उडान केही दिनअघि मात्र भएको भए पनि यसको निश्चित मिति खुलाइएको छैन । टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार भारतको मुम्बइबाट युइइको दुबइका लागि उडेको यो जहाजमा १ जना मात्र यात्रु थिए ।

समाचार अनुसार इमिरेट्स एयरका बोइङ ७७७ जहाजहरु ३ फरक फरक संस्करणका छन् जसको सिट क्षमता पनि फरक फरक छन् । तर, यी तीनवटै संस्करणको सिट क्षमता ३ सय ५० सिटभन्दा बढी छ । सिम्पलफ्लाइङका अनुसार मुम्बइबाट १ जना मात्र यात्रु लिएर दुबइ गएको यो जहाजको सिट क्षमता ४ सय २७ हो । विमानमा एक मात्र यात्रु भएका कारण विमानका पाइलटले ती यात्रुलाई विमान उडिरहेका बेला हुने कुराहरु र सावधानीबारे व्यक्तिगत रुपमा भनेका थिए र कुनै प्यासेन्जर एड्रेस घोषणा भएको थिएन ।

युएइले भारतबाट यात्रु आवागमनमा प्रतिबन्ध लगाएका कारण यी १ जना मात्र यात्रु लिएर उक्त विमान युएइ गएको हो । युएइले कम्तीमा जून १४ सम्मका लागि भारतबाट आउने यात्रुमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धअनुसार भारतबाट सिधै युएइ जान पाइँदैन र भारतबाट अन्य कुनै देश गएकाहरु पनि भारत छाडेको १४ दिनभन्दा पहिले युएइ जान पाउँदैनन् ।

युएइले केही यात्रुहरुलाई भने युएइ आउन दिएको छ । युएइकै नागरिक, युएइको गोल्डेन भिसा धारक र युएइमा रहेका कूटनैतिक मिशनका सदस्य मात्र युएइ जान पाउँछन् । यी यात्रुले पनि युएइले तोकेको कोभिड प्रोटोकल पूर्ण रुपमा पालना गर्नुपर्छ । मुम्बइबाट दुई गएका एकमात्र यात्रु पनि यस्तै किसिमको हुन सक्ने अनुमान गरिएको छ तर उनी को थिए भन्ने खुलाइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.