भारतले भन्यो ‘प्रतिनिधिसभा विघटन नेपालको आन्तरिक मामिला, आफैं सुल्झाउँछन्’

डिसी नेपाल
१२ जेठ २०७८ १२:४२
320
Shares

काठमाडौं। नेपालमा पछिल्लो समय विकसित घटनाक्रम र राजनैतिक अस्थिरतामा भारतले आफ्नो भूमिका खोज्न सक्ने आशंकाका बीच भारतले आफूलाई नेपालको राजनैतिक घटनाक्रमबाट पन्छाएको छ । उसले नेपालको पछिल्लो घटनाक्रम नेपालको आन्तरिक मामिला भएको भनेको छ । यद्यपि उनले नेपालका विकसित घटनाक्रमलाई आफूले नोट गरेको भने बताएको छ ।

नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको पछिल्लो घटनाक्रमनेपालको आन्तरिक मामिला भएको बताउँदै यसलाई नेपालीहरुले आफ्नै घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक पद्धतिबाट समाधान गर्ने बताए । उनले अगाडि भने ‘एक छिमेकी र मित्रको हिसाबले नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थायित्व र विकासको यात्रामा आफ्नो सहयोगका लागि भने भारत अविचलित रुपमा कायमै रहनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.