विवाहित पुरुषले मोडललाई १ रातको ३ करोड अफर गरे, मोडलले उठाइन् अप्रत्याशित कदम

डिसी नेपाल
१३ जेठ २०७८ १३:१४
2.6k
Shares

काठमाडौं। बेलायतकी ग्ल्यामर मोडल रायन सगडेनले आफूले गरेका सामाजिक संजाल पोस्टका कारण कैयौं पटक ट्रोलको सामना गर्नुपर्छ । यद्यपि उनी ट्रोलरहरुलाई जवाफ पनि दिन्छिन् र कहिलेकाहीँ उनीहरुलाई सार्वजनिक रुपमा बेइज्जत पनि गरिदिन्छिन् । पछिल्लो समय पनि उनले सामाजिक संजालमार्फत एक धनाढ्य व्यापारीलाई सार्वजनिक रुपम्मा बेइज्जत गरिदिएकी छिन् ।

डेलीमेलका अनुसार ३४ वर्षीया रायनले इन्स्टाग्राममा एउटा स्टोरी शेयर गरिन् । उनले स्टोरीमा पछिल्ला केही दिनयता आफूलाई प्रपोजल र अफर आइरहेको बताइन् । यस्ता प्रस्तावले आफू केही तनावमा भएको बताउँदै उनले एक प्रतिष्ठित व्यवसायीले त आफूसँग १ रात बिताउनको लागि २ लाख पाउण्ड (३ करोड २९ लाख रुपैयाँ) दिन तयार रहेको बताएको खुलासा गरिन् ।

रायनले लेखेकी छिन् ‘म आफ्ना फ्यान र फलोअरहरुको भावनाको सम्मान गर्छु तर उहाँहरुले पनि यो बुझ्नु पर्छ कि मलाई यी सब चीजहरुमा कुनै रुचि छैन । यसरी अफर दिनेहरु आफ्नो सीमामा बस्नुपर्छ किनकि उनीहरुलाई यसरी कुरा गर्ने कुनै अधिकार छैन ।’

रायनले ओलिभर ज्याकब मेलरसँग बिहे गरिसकेकी छिन् । ओलिभर अभिनेता र पर्सनल ट्रेनर हुन् । ओलिभर २०१८ को शो कोरोनेसन स्ट्रीटमा डाक्टर म्याट कार्टरको भूमिका निभाएर चर्चामा आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.