रोल्स रोयसले ल्यायो संसारकै महंगो कार, ३ अर्ब २९ करोडको कारमा के–के छन् सुविधा ?
काठमाडौं। लग्जरी कार बनाउने विश्वप्रसिद्ध कम्पनी रोल्स रोयसले विश्वको सबैभन्दा महंगो कार लञ्च गरेको छ । यो कारको नाम बोट टेल हो र यसको मूल्य २० मिलियन पाउण्ड अर्थात ३ अर्ब २९ करोड रुपैयाँ पर्छ । यो कारलाई रोल्स रोयसले ४ वर्षको मेहनतपछि तयार गरेको हो । रोल्स रोयस ४ सिट क्षमताको लग्जरी कार हो । यो कारको लम्बाइ १९ फिट छ ।

सीएनबीसीको रिपोर्टअनुसार रोल्स रोयसले कोचबिल्ड कार्यक्रम अन्तर्गत बनाएको यो पहिलो कार हो । कोचबिल्ड रोल्स रोयसले ल्याएको नयाँ कार्यक्रम हो जसअन्तर्गत कम्पनीले कुनै पनि ग्राहकका लागि उसले चाहेजस्तै गरी विशेष किसिमले डिजाइन गरेर कार बनाइदिन्छ । कोचबिल्ड कार्यक्रमअन्तर्गत कसैले कुनै कार बनाउन लगाएमा सम्भवतः त्यो कार तिनै ग्राहकसँग मात्र हुनेछ किनकि कम्पनीले ग्राहकले चाहेअनुसार एउटा मात्र कार बनाइदिन्छ र ग्राहकलाई दिन्छ ।

यो नयाँ कार रोल्स रोयसको स्वेप टेल कारबाट प्रेरित छ । बोट टेलभन्दा पहिले स्वेप टेल नै रोल्स रोयसको सबैभन्दा महंगो कार थियो । स्वेप टेललाई २०१७ मा कम्पनीले १० मिलियन पाउण्डमा बेचेको थियो । स्वेप टेल कारको एकमात्र मोडल लञ्च भएको थियो । एक प्रतिष्ठित र धनाढ्य युरोपेली व्यक्तिको अनुरोधमा उक्त कार बनाइएको थियो । रिपोर्टका अनुसार बोट टेलका पनि केवल ३ मोडल मात्रै लञ्च गरिनेछन् ।

यो कारको पछाडिको भाग एक लग्जरी स्पिडबोटसँग मिल्दोजुल्दो छ । रोल्स रोयसका सीइओ टर्सटन मुलरका अनुसार यो कारलाई कुनै उत्कृष्ट होलिडे वा पिकनिकको लागि हरेक प्रकारका सुविधाहरुको साथ तयार गरिएको छ । उनले यो कारमा भन्दा राम्रो प्याकेज अरु कुनै कारमा नपाइने बताए ।

यसका अलावा यो कारमा १५ स्पिकरको सराउन्ड साउन्ड सिस्टम छ । यो सिस्टमलाई यसरी डिजाइन गरिएको छ कि कारको प्लेटफर्मलाई एक साउन्ड बक्सको रुपमा प्रयोग गर्न सकिन्छ । यो कारको लागि स्ट्जिरल्याण्डको प्रतिष्ठित घडी बनाउने कम्पनी बोवी १८२२ ले विशेष किसिमको घडी बनाएको छ । यो कारमा त्यही इन्जिन जडान गरिएको छ जुन इन्जिन यसअघि रोल्स रोयस कलिनन, फ्यान्टम र ब्ल्याक ब्याज जस्ता लग्जरी कारमा प्रयोग गरिएको थियो । भी १२ ६.७५ बाइटर्बो इन्जिनले ५६३ हर्सपावर दिन सक्षम छ ।







डिसी नेपाल








Facebook Comment