१० हजार ९८६ पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१६ जेठ २०७८ १६:३२
296
Shares

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार २०५ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ संक्रमित भेटिएका छन् भने ६ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जना नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।

पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.