७ दिनभित्र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश ल्याउन चिकित्सक संघको माग
काठमाडौं । नेपाल चिकित्सक संघले ७ दिनभित्र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेशमार्फत कानुन ल्याउन सरकारसँग माग गरेको छ ।
संघले आइतबार विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभुति गर्न अध्यादेशमार्फत कानुन ल्याउन माग गरेको हो । संघले सरकारले यसो नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
‘अहिले महामारीको अवस्थामा सरकारले अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै र सबै घटनाका दोषी माथि तत्काल २०७६\१२\२२ को मन्त्रीपरिषद निर्णयअनुसार कोभिड रोकथाम नियन्त्रण रउपचारको कार्यमा बाधा अबरोध पुर्याउने, ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुको कार्यसम्पादनमा बाधा अवरोध गर्नेलाई हुने सरहको प्रचलित कानून बमोजीमको कारवाही गर्न र सोही निर्णयअनुसार पनि यस्ता अपराधिक क्रियाकलापलाई गैरजमानती अपराधको को रुपमा लिई संलग्न व्यक्तिमाथि तत्काल कारवाही गर्न अध्यादेश मार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित गर्न संघ जोडदार माग गर्दछ ।’,संघको विज्ञप्तिमा भनिएको छ ।
यही जेठ १३ गते साँझ भेरी अस्पताल बाँकेमा कोभिड उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातीक आक्रमण भएको थियो ।







डिसी नेपाल








Facebook Comment